मोरङका एसपी खड्कासहित हेडक्वाटर तानिए सशस्त्रका ४ एसपी

IMG-20241226-WA0144

मोरंग: सशस्त्र प्रहरी बल नेपालका ४ जिल्लाका एसपीहरू छानबिनमा तानिएका छन्। तराईका ४ फरक जिल्लाका एसपीहरूलाई सशस्त्र हेडक्वाटर हल्चोक तानेर छानबिन सुरु गरिएको छ।सशस्त्र प्रहरी बलका प्रवक्ता एवं नायब महानिरीक्षक (डिआइजी) कुमार न्यौपानेका अनुसार छानबिनमा तानिनेहरूमा धनुषाका एसपी दर्शन गिरी, मोरङका एसपी विश्व खड्का, बाराका एसपी सन्तोषबहादुर सिंह र बाँकेका एसपी विमल डाँगी छन्।उनीहरूमाथि केही बुझ्नुपर्ने भएकाले हेक्वाटर झिकाइएको डिआइजी न्यौपानेले बताए। उनीहरूमाथि केही आर्थिक अनियमितता तथा राजश्व गडबडी गरेको भन्ने आरोप लागेको बताइएको छ।(डिआइजी) कुमार न्यौपानेका अनुसार उनीहरूमाथि छानबिन भइरहेको भन्दै अहिले ती जिल्लाको एसपीको रूपमा कसैलाई पनि पठाइएको छैन।
छानबिनपछि निर्दोष देखिए उनीहरूलाई नै फिर्ता गरिने र दोषी देखिए कारबाही गरेर नयाँ एसपीहरू पठाउने हेडक्वाटरको तयारी छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement