काठमाण्डू: नेकपा एमालेको अघिल्लो महाधिवेशनमा अध्यक्ष पदमा केपी ओलीसँगै लडेका एमाले नेता भीम रावल पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित भएका छन्। पार्टीमा फरक मत राख्ने भिम रावललाई एमालेले साधारण सदस्यबाट समेत हटाए। पार्टीबाट निस्कासित भएपछि उनले भने: ‘मलाई कारबाही गर्ने ओली प्रवृत्तिको निरन्तरता हो, यसबाट म विचलित हुन्नँ, ओलीको निर्णय अलोकतान्त्रिक, निरंकुश, स्वेच्छाचारी र तानाशाही भए, देशभक्तिको आवाजबाट आत्तिएर उनले मलाई कारबाही गरेका हुन्।’









