कालचिनी: राजाभात स्पोर्टिङ क्लबको आयोजनामा बुधबार सम्पन्न म्याचमा टिस्टा क्लब गजलडोबा बनाम सोकर ११ अलिपुरद्वारबीच रोमाञ्चक खेल सम्पन्न भयो। खेलमा टिस्टा क्लब गजलडोबाका स्कोरर मोहम्मद, क्रिस्चियन र क्यासिमेरोले क्रमैले एक एक गोल गोल ३-० को अन्तरमा सोकर ११ अलिपुरद्वारलाई पराजित गरेको राजाभात स्पोर्टिङ क्लबको सचिव किरण लामाले जनाएका छन्। उक्त म्याचमा म्यान अफ द म्याच टिस्टा क्लब गजलडोबाको खेलाड़ी क्यासिमेरोलाई प्रदान गरियो भने बिहीबार कोचबिहार एफसी बनाम तुलसीपाड़ा वारियर्सबीच म्याच सम्पन्न हुने जानकारी गराएको छ।










