नलबाड़ीमा भएको सड़क दुर्घटनामा एक जनाको मृत्यु, सात घाइते

accident-1

नलबाड़ी(असम): नलबाड़ी जिल्लाको बरक्षेत्री क्षेत्रको शियालमारी थाना अन्तर्गत कुरिहामारी चरमा गत सोमवार राती भएको सड़क दुर्घघटनामा एकजना महिलाको घटनास्थलमै मृत्यु भयो भने अन्य सातजना मानिसहरू घाइते भएका छन्।
प्राप्त जानकारी अनुसार ट्र्याक्टर (एएस १४ एसी २८९१) सहित तीनवटा ट्र्याक्टरमा सवार भएर शिलामारी गाउँका केही परिवारका लगभग ८० जना सदस्यहरू कुरिहामारी तर्फ गइरहेक थिए, सोही क्रममा एउटा ट्र्याक्टरको ट्रेलर पल्टिएको कारण २० वर्षीया नूरजहाँको घटनास्थलमै मृत्यु भएको छ। यसका अतिरिक्त १३ महिने शिशु सहित दुई परिवारका सातजना घाइते भएका छन्। घाइते हुनेहरूमा ५७ बर्षीया रूपभानु बीबी, १३ महीने बालक हुसैन अली,२१बर्षीया जमेला खातून, ५५ बर्षीया शमेला खातून, १६ बर्षीय शुकुरजान, ३५बर्षीय असमत अली र ३० बर्षीया मनोवारा खातून रहेका छन्। दुर्घटनापछि ट्र्याक्टर चालक बाकर अली घटनास्थलबाट फरार भए।
स्थानीय प्रत्यदर्शीहरूका भनाइ अनुसार ट्र्याक्टर चालक बाकर अलीको गल्तीको कारणले यो दुर्घटना भएको हो। उनीहरूले मुख्यमन्त्री समक्ष माग गरेका छन्, दुर्घटनाको जाँच गराइयोस् र दोषीहरूलाई सजाय दिलाइयोस् साथै पीड़ित परिवारलाई क्षतिपूर्ति दिइयोस्। घाइतेहरूलाई अस्पतालमा भर्ती गरिएको छ। मृतकको शवलाई पोस्टमर्टम गर्नको लागि नलबाड़ी पठाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement