मेजर ध्यानचन्द खेल रत्न पुरस्कारको अनुशंसामा मनु भाकरको नाम नहुँदा विवाद सृष्टि

IMG-20241224-WA0069

नयाँ दिल्ली: पेरिस ओलम्पिकमा २ वटा काँस्य पदक जितेर इतिहास रचे पनि देशको सबैभन्दा ठूलो खेल पुरस्कार मेजर ध्यानचन्द खेल रत्नको निम्ति कथित रूपमा नामित नहुँदा शीर्ष पिस्टल शूटर मनु भाकरले यस पुरस्कारको अन्तिम फसेला गर्ने अधिकार देशका नागरिकहरूमाथि छोड़ेकी छन्। राष्ट्रिय खेल पुरस्कारहरूमाथि फसेला गर्ने समितिले मनुको भाकरको नामको सिफारिश नगरेर खेल रत्न सम्मानको निम्ति भारतीय हकी टीमका कप्तान हरमनप्रीत सिंहको नाम अघि बढ़ाउँदा विवाद सृष्टि भएको छ। यस मामिलामा मनुकी पिता राम किशनको प्रतिक्रिया अघि आएको छ। उनले बताएअनुसार, मनुलाई उनी यस पुरस्कारको हकदार रहेको कुरा थाहा छ अनि उनले यसको फसेला उनले देशमाथि छोड़ेकी छन्। राम किशनले एउटा साक्षात्कारमा भने, उनलाई (मनुलाई) उनी यस पुरस्कारको हकदार छन् भन्ने लाग्छ तर उनी यसको फसेला देशले गरोस् भन्ने चाहन्छिन्।
खेल मन्त्रालयको भनाइअनुसार, २२ वर्षीय शूटरले खेल रत्नको निम्ति आवेदन गरेकी छैनन् तर उनको परिवारको बयान अलग रहेको छ। मनुकी पिताले भने, उनले गत ४ सालदेखि पद्मश्री जस्ता विभिन्न पुरस्कारहरूका निम्ति आवेदन गरिरहेकी छन्। यसैकारण यसपाली आवेदन नगर्ने कुनै कारण छैन। राम किशनको भनाइअनुसार, गत केही सालहरूमा मनुले ४९ वटा नगद पुरस्कारको आवेदन जमा गरेकी थिइन्, जसको उनी हकदार थिइन् तर सबै ४९ वटा आवेदनलाई खारेज गरिएको थियो। उनले भने, यस्तो असाधारण प्रदर्शनपछि पनि मनुको नाम मेजर ध्यानचन्द खेल रत्नको निम्ति अघि नबढ़ाइए मलाई समितिमा सबैथोक सही नरहेको या कुनै आदेशको पालन गरिएको जस्तो अनुभव भइरहेको छ। भारतलाई खेलहरूको केन्द्र बनाउन हामीले ओलम्पिक पदक विजेताहरू या ओलम्पियनहरूलाई सम्मान दिनु पर्नेछ। ती खेलाड़ीहरूलाई प्रोत्साहित गर्नु पर्नेछ। यस्तो फसेलाले उनीहरू हतोत्साहित हुनेछन्। उल्लेखनीय छ, मनु भाकरले पेरिस ओलम्पिक खेलहरूमा महिलाहरूकी १० मीटर एयर पिस्टल स्पर्धामा काँस्य पदक जितेर ओलम्पिक पदक जित्ने पहिलो भारतीय महिला शूटर बनेर इतिहास रचेकी थिइन्। त्यसपछि उनले सरबजोत सिंहसँग मिश्रित १० मीटर एयर पिस्टल स्पर्धामा अझ एउटा काँस्य पदक जितेकी थिइन्। यसरी मनु भारत स्वतन्त्र भएपछि देशको निम्ति एउटा ओलम्पिकमा २ वटा पदक जित्ने पहिलो खेलाड़ी बनेकी थिइन्।
यसबीच खेल मन्त्रालयको सूत्रले बताएअनुसार, पुरस्कारहरूको अन्तिम सूची अहिलेसम्म तयार भएको छैन। खेलमन्त्री मनसुख माण्डवियाले एक-दुई दिनमा अनुशंसामाथि फसेला लिनेछन् अनि अन्तिम सूचीमा मनु भाकरको नाम रहने प्रबल सम्भावना छ। उच्चतम न्यायालयको सेवानिवृत जज भी रामासुब्रममको अध्यक्षतामा रहेको १२ सदस्यीय पुरस्कार समितिमा भारतीय महिला हकी टीमकी पूर्व कप्तान रानी रामपालसहित पूर्व खेलाड़ीहरू पनि रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement