लगातार क्रिकेटको दबाउ र तनाउबाट बाँच्न खेलाड़ीहरू लीग क्रिकेटबाट टाढ़ा रहने डोनाल्डको दावी

IMG-20241224-WA0090

मुम्बई: दक्षिण अफ्रिकाका पूर्व दिग्गज पेस बलर एलन डोनाल्डले बताएअनुसार, वर्तमान समयमा व्यस्त कार्यक्रमको प्रभावले हुने शारीरिक र मानसिक तनाउले गर्दा खेलाड़ीहरूले लीग र यहाँसम्म कि अन्तर्राष्ट्रिय म्याचहरू पनि छोड़्न थाले आश्चर्यको कुरा हुनेछैन। एसएटी२० प्रतियोगिताको तेस्रो सीजन अघि दक्षिण अफ्रिकाले पाकिस्तानविरुद्ध २ वटा टेस्ट म्याचको महत्त्वपूर्ण सीरीज खेल्नु छ। वर्ल्ड टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी) फाइनलमा पुग्न दक्षिण अफ्रिकाको निम्ति टेस्ट सीरीज महत्त्वपूर्ण रहेको छ तर टीमका धेरैजना बलर चोटग्रस्त हुँदा समस्या बढ़ेको छ। एनरिच नोर्खिया (खुट्टाको औंलीमा फ्र्याक्चर), लुंंगी एनगिडी (कम्मरको चोट), गेराल्ड कोएत्जी (कम्मरको चोट) र नान्द्रे बर्गर (ढाड़को तल्लो हिस्सामा स्ट्रेस फ्र्याक्चर) जस्ता प्रमुख पेस बलर चोटग्रस्त छन् अनि लिजाड विलियम्सलाई टेस्ट टीममा सामेल गरिएको छैन।
टीममा स्थान पाउने स्पिनर केशव महाराज र वियान मुल्डर पनि हालै चोटमुक्त भएका छन्।
डोनाल्डको भनाइअनुसार, असाधारण बलरहरू चोटग्रस्त हुनु निराशाजनक कुरा हो। उनले भने, एनरिच नोर्खिया र अन्य केही बलरहरूसँग यस्तो हुनु टीमको निम्ति आदर्श स्थिति होइन। नोर्खिया यस्ता बलर हुन् जो १५५ किलोमीटर प्रति घण्टाको गतिमा स्विंगको साथ बलिंग गर्न सक्षम छन्। आफ्नो समयमा विश्वका शीर्ष पेस बलरहरूमा एक मानिने डोनाल्डले भने, दुर्भाग्यले यो (खेलाड़ीहरूलाई चोट लाग्नु) खेलको हिस्सा हो। आउँदो समयमा खेलाड़ीहरूले कुनै लीग या टुर्नामेण्ट नै छोड़्नको साथै आफ्नो देशको निम्ति पनि हरेक टुर्नामेण्ट नखेले मलाई आश्चर्य हुनेछैन। यो एउटा सतत प्रक्रिया हो कारण दुर्भाग्यले शरीरमा पर्ने तनाउको स्तरलाई रोक्नु कठिन हुन्छ। यो स्थिति नयाँ प्रतिभाहरूका निम्ति चाहिँ मौका साबित हुनेछ अनि हामी त्यही हेर्न चाहन्छौं। उल्लेखनीय छ, डोनाल्डले एसए२०-को ब्राण्ड दूतको साथमा डरबन सुपर जायण्ट्समा बलिंग कोचको रूपमा पनि काम गर्नेछन्। उनले बताएअनुसार, दक्षिण अफ्रिकामा हुने यस टी२० लीगमा अष्ट्रेलियाको बीग ब्याश लीगलाई पछि छोड़्ने क्षमता छ।

About Author

Advertisement