कन्स्टेबल पदमा ३० वर्षसम्म आवेदन दिनसक्ने मुख्यमन्त्री ब्यानर्जीको घोषणा  

कोलकाता: पुलिस दिवस अघि मुख्यमन्त्री ममता ब्यानर्जीले बुधबार नवान्नमा पत्रकार सम्मेलन गरेर महत्वपूर्ण घोषणा गरेकी छिन्। उनले कस्टेबलको नोकरी (पुलिस भर्ती)का लागि उमेर सीमा बढाउने कुरा गरे। उनले भनिन्, ‘अहिलेसम्म पुलिस जवानको नोकरीका लागि आवेदन दिने अधिकतम उमेर २७ वर्ष थियो, यसपटक बढाएर ३० वर्ष गरिएको छ। ट्रेनिङमा धेरै समय लाग्छ। त्यसैले उमेर बढाउने माग भएको हो। त्यो निर्णय स्वीकार गरियोl’ पुलिसको मृत्यु भएपछि उनको परिवारका सदस्यले नोकरी पाउने छन्।

मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, ‘शारीरिक ढाँचाले नोकरी पाउन बाधा नहोस्, शारीरिक उचाइका हिसाबले जिम्मेवारी दिइनेछ। यसका साथै पदोन्नतिका लागि उमेर सीमा पनि बढाइएको छl’ उनले पदोन्नतिका लागि उमेर सीमा पनि २७ वर्षबाट बढाएर ३५ वर्ष गरेको बताइन्। पुलिस, नागरिक स्वयंसेवक, नागरिक पुलिस सबैले यसअन्तर्गत आवेदन दिन सक्छन्। पुलिस चालकको तलब बढाइएको छ। कोलकाता पुलिसका चालकले ११ हजार ५ सय रुपियाँ तलब पाउँथे। राज्यका पुलिस चालकले १३ हजार ५ सय रुपियाँ पाउने कुरा गरिएको छ। मुख्यमन्त्री ममता ब्यानर्जीले त्यो अन्तरलाई क्रमशः १३ हजार ५०० र १५ हजारमा गर्ने बताएकी छिन्। उनले (कोलकाता पुलिसले) ठेकेदारको रूपमा चालकको काम गर्नेहरूलाई स्थायी रोजगारीमा प्राथमिकता दिनुपर्ने पनि बताए। उनले अझ भनिन्, ‘कोलकाता पुलिसको एसीपी-डीसीपी वर्दी भत्ता १५ हजार रुपियाँ छ। सबै तहका प्रहरी कर्मचारीलाई वर्दी भत्ता दिइनेछl’ माथिल्लो तहकाहरुको कुरा कानमा पुगेको अनि तल्लो तहकाहरुको कुरा कानमा नपुगेको उनले बताइन्। तर उनको सरकारले तल्लो तहको पुलिसको कुरा सुनेर धेरै निर्णय गरेको बताइन्।

About Author

Advertisement