हाम्रो चिन्हारी नै शिक्षा हो र हामीले शिक्षाको क्रान्ति ल्याउनु पर्छ: अनित थापा

कालेबुङ: कालेबुङको अलगढ़ामा कार पार्किंङ कम सपिङ कम्प्लेक्स अनि क्याफेटेरिया रिकिसुम कफी हाउसको उदघाटन जीटीए चिफ् एक्जीक्युटिभ अनित थापाको बाहुलीबाट गरिएको छ। कार्यक्रम समय जीटीए मुख्य सचिव एंव दार्जिलिङ जिल्ला शासक एस पुनमबलम, सञ्चवीर सुब्बा, डेपुटी चिफ एक्जिक्युटिभ, कालेबुङका विधायक रुदेन सादा लेप्चा अनि स्थानीय सभासद दावा तेन्जी शेर्पा पनि उपस्थित थिए। अलगढ़ाको शिक्षा क्षेत्रलाई आजसम्म सेवा पुर्याई रहेको अलगढया उच्चत्तर विद्यालयको नयाँ भवनको पनि उदघाटन जीटीए चिफ् एक्जीक्युटिभ अनित थापाले गरेका छन्।

यो विद्यालय भवन १९८० को दशकमा बनिएको थियो। यस क्षेत्रका विद्यार्थीहरू सुरुमा पेदोङ पढ्नु जान्थे। अब स्थानीय अनि वरिपरिका विद्यार्थीहरूलाई शिक्षा सेवा दिनु अलगडा उच्चतर विद्यालय सक्षम भएको छ।
विद्यालय भवन उदघाटन समय विद्यार्थीलाई सम्बोधन गर्दै जीटीए चिफ् एक्जीक्युटिभ अनित थापाले हाम्रो चिन्हारी नै शिक्षा हो र हामीले शिक्षाको क्रान्ति ल्याउनु पर्छ भनी बताएका छन्। उनले सरकारी पाठशालामा विद्यार्थीहरू घटिरहेको ट्रेण्डलाई तोड्दै अलगढा स्कूलले विद्यार्थीहरूलाई राम्ररी राख्नु सकेको रहेछ। बाटो झोडा बनिन्दै गर्छ, तर शिक्षालाई ठीक बाटोमा ल्याउनु नै मेरो प्राथमिकता रहेको छ भनी बताएका छन्।

अनित थापाले भने, ‘अलगढा ठूलो बजार होइन तर सानै ठाउँ भए पनि यो बजार आधुनिक बजार बन्दै गएको छ। आज उदघाटन भएको पार्किङ कम सपिङ कम्प्लेक्स यसको उदाहरण हो।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement