बन्सल कम्पनीले चिया श्रमिकहरूलाई कमाउने भाडा मात्र सम्झिएको छ: सन्तोष मोक्तान

खरसाङ: बन्सल कम्पनीले चिया श्रमिकहरूलाई कमाउने भाडा मात्र सम्झिएको छ कारण बन्सल कम्पनी अधीनस्थ १० वटा चिया बगानहरूबाट करोडौं रुपियाँ कमाएर मालिकको घर उज्यालो पार्छ तर चिया श्रमिकहरूलाई आज सडकमा लाचर बनाएर छोडी रहेको छ भनी तृणमूल कंग्रेसको श्रमिक संगठन चियाबारी श्रमिक संगठनको सचिव सन्तोष मोक्तानले बताएका छन्। उनले बन्सल कम्पनी चिया श्रमिकहरूको खुन खाने जुगा मात्र भयो। चिया श्रमिकहरूको घर अँध्यारो पारेर आफ्नो घर उज्यालो बनाएर बस्ने मालिकसित अब लिज खारिज गर्ने समय आएको छ भनी बताएका छन्। सन्तोष मोक्तानले भने, ‘यस्तो बेलामा सबै युनियन अघि आएर ठूलो आवाज बनाएर सरकारसित बन्सल कम्पनीको लिज खारिज गरेको हुनुपर्छ। आज बन्सल कम्पनी बन्द छ भनेर अरू कमानको चिया श्रमिकहरू पनि चुप लागेर बस्नु हुँदैन् तर यो समयमा सबै एक भएर बन्सल कम्पनीको चिया श्रमिकहरूलाई साथ दिने समय आएको छ। जब जब चाढ़ पर्व आउने गर्छ तब तब बन्सल कम्पनीको मालिकले रावणको नीति अप्नाएर चिया श्रमिकहरूलाई दुःख दिने काम गर्छ।”
तृणमूल कंग्रेसको श्रमिक संगठनको सचिव सन्तोष मोक्तानले अझ भने- ‘आजसम्म पहाडमा अरू चिया कम्पनीहरू पनि छन्। कहिले पनि यस्तो प्रकारको दुख दिएन तर बन्सल कम्पनीले चिया श्रमिकहरूलाई दु:ख दिनबाहेक केही पनि जानेको छैन्, बन्सल कम्पनीले बगान चलाउन सक्दैन भने अब बगान छोड्दा हुन्छ, जनताको सेवा गर्छु भने नेताहरू नाला झोडा नहेरेर चिया श्रमिकहरूलाई न्याय दिलाउनु अघि आएको हुनुपर्छ। यदि बन्सल कम्पनीले यो समस्यालाई चाढ़ै समाधान गरेन भने पहाडको कुना कुनाबाट चिया श्रमिकहरू सडकमा उत्रिनुपर्छ। यस्तो बेलामा पार्टी जुनसुकै होस, युनियन जुन सुकै होस, चिया श्रमिकहरूको निम्ति म सधैं अघि आएको हुनेछु अनि सबै एक भएर अघि आएर चिया श्रमिकहरूलाई न्याय दिलाउने आह्वान् गर्दछु।

About Author

Advertisement