नयाँ दिल्ली: सोवियत संघका पूर्व राष्ट्रपति एवं शीत युद्धलाई समाप्त गर्ने मिखाइल गोर्बाचेवको मङ्गलबार निधन भयो। उनी लामो समयदेखि बिरामी थिए। ९१ वर्षको उमेरमा उनले अन्तिम सास लिए। रूसको समाचार एजेन्सी स्पूतनिकले सेण्ट्रल क्लीनिकल अस्पतालको बयानलाई उद्धृत गर्दै भनेको छ, ‘लामो बिरामीपछि मिखाइल गोर्बाचेवको निधन भएको छ’, यस अतिरिक्त अन्य जानकारी दिइएको छैन। रूसका राष्ट्रपति पुतिनले उनको निधनमा दुःख व्यक्त गरेका छन्। क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोवले भने, ‘राष्ट्रपति पुतिनले बुधबार बिहान गोर्बाचेवको निधनमा दुःख व्यक्त गरेका छन्l’ पुतिनले उनका परिवारलाई शोक सन्देश पठाउने छन्। मिखाइल गोर्बाचेव यूनाइटेउ यूनियन अफ् सोवियत सोशलिस्ट रिपब्लिकका अन्तिम नेता थिए। उनी नागरिकहरूलाई स्वतन्त्रता दिएर लोकतान्त्रिक सिद्धान्तहरूको आधारमा कम्युनिस्ट शासनमा सुधार ल्याउन चाहन्थे। सन् १९८९ मा जब साम्यवादी पूर्वी यूरोपको सोवियत संघमा लोकतन्त्र समर्थक विरोध प्रदर्शन तीव्र भएको थियो, त्यस समय पनि गोर्बाचेवले बल प्रयोग गर्न अस्वीकार गरेका थिए। उनले ग्लासनोस्टको नीतिलाई मान्यता दिएका थिए। गोर्बाचेवले पेरेस्त्रोइका नामक आर्थिक सुधारको कार्यक्रम पनि शुरू गरेका थिए। उनको समयमा प्रेस र कलात्मक समुदायलाई सांस्कृतिक स्वतन्त्रता दिइएको थियो। सन् १९९० मा उनी नोबेल शान्ति पुरस्कारले सम्मानित बनेका थिए।








