खुट्टी पुजाको माध्यमबाट दुर्गा पुजा शुरू

राजगञ्ज: आज खुट्टी पुजाको माध्यमद्वारा राजगञ्जको पाघालुपाडा युवक संघ महिलावृन्दका सदस्यहरूले दुर्गा पुजाको तयारी शुरू गरेको छ। राजगञ्ज ब्लकको बिन्नागढी ग्राम पञ्चायतको साहुडाङ्गी संलग्न पाघालुपाडाको महिलाद्वारा दुर्गा पुजाको आयोजना गर्ने गर्दछ भने यस वर्ष उक्त संघको दुर्गा पुजाले चौथो वर्षमा पाइला टेकेको छ। उक्त संघको दुर्गा पुजाको पण्डाल बौद्ध गुम्बाको स्वरूपमा तयार गरिने भएको छ। पुजा कमिटीका सदस्यहरूले बताएअनुसार उक्त संघमा महिलाहरूद्वारा दुर्गा पुजाको आयोजना गर्ने गर्दछ। पुजा पण्डाललाई बौद्ध गुम्बाको स्वरूपमा बनाइनेछ भने आकर्षित बिजुली बत्तीहरूले पुजा पण्डाल सजाइनेछ। पुजा अवधि ४ दिनसम्म विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement