ऐतिहासिक १६औं रोलु दिवस समारोहको तयारी पूरा

IMG-20241219-WA0237

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) को १६औं रोलु दिवस आयोजनाका लागि सम्पूर्ण तयारी पूरा भएको छ। मन्त्रीगण, विधायकगण, पार्टीका सेक्रेटरी जेनरल, पार्टीका अन्य शीर्ष पदाधिकारीहरू, नारी शक्ति, युवा शक्तिका सदस्यगण लगायत पार्टीका सम्पूर्ण कार्यकर्ताहरू पार्टीको सो ऐतिहासिक कार्यक्रमलाई भव्यताका साथ सफल पार्न निरन्तर लागिपरेका छन्।
भोलि बिहान राज्यका मुख्यमन्त्री तथा एसकेएम पार्टी अध्यक्ष प्रेमसिंह तामाङले रोलु मन्दिरमा पूजा अर्चना गरेपश्चात कार्यक्रम शुभारम्भ हुनेछ। एसकेएमको निम्ति रोलु ऐतिहासिक स्थल हो। एसकेएमले पार्टी स्थापना गर्नु पूर्ब गोले खेमाको रूपमा यसै ठाउॅंबाट क्रान्तिको बिगुल फुकेको थियो। भोलि, १६औं रोलु दिवसको साक्षी बन्न राज्यका छवटै जिल्लाबाट हजारौंको संख्यामा मानिसहरू भेला हुने छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement