गान्तोक: ‘प्रशासन गाउँ की ओर’ अन्तर्गत गान्तोक जिल्लाको राङ्का ब्लकमा विशेष आउटरिच कार्यक्रम आयोजना गरियो। यस अवसरमा स्थानीय पञ्चायत, खण्ड विकास अधिकारी लगायत आम मानिसहरूले सहभागिता जनाएका थिए।
कार्यक्रम लिंगदुम, रे, परबिङ र सामा गाउँका लागि आयोजना गरिएको थियो, जहाँ योग्य लाभार्थीहरूलाई आय, जाति/जनजाति, सरसफाई, रोजगारी र अविवाहित प्रमाणपत्र जस्ता आवश्यक प्रमाणपत्रहरू वितरण गरियो।
यस पहलले आवश्यक सेवाहरू र कागजातहरू सिधै तल्लो तहमा ल्याएर प्रशासन र नागरिकहरूबीचको दुरीलाई कम गर्ने लक्ष्य लिएको हो। नागरिकहरूलाई सशक्त बनाएर र पहुँच बढाएर, प्रशासन गाउँ की ओरेले समावेशी शासन र प्रभावकारी समुदाय संलग्नता सुनिश्चित गरिरहेको बताइएको छ।