रम्फुमा संस्कृत शिक्षक संगठन सिक्किमको वार्षिक सभा आयोजित

IMG-20241220-WA0341

गेजिङ: संस्कृत शिक्षक संगठन सिक्किमको वार्षिक आम सभा रम्फु नगर पञ्चायत भवनमा भव्यताका साथ सम्पन्न भएको छ। पाकिम जिल्लाको रम्फुमा आयोजित यस सभाको अध्यक्षता संगठनका अध्यक्ष ज्ञानेन्द्र काफ्लेले गरेका थिए। सभामा संगठनको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विगत वर्षभरिका उपलब्धिहरूको समीक्षा गरिएको थियो। साथै, संस्कृत भाषा र शिक्षाको प्रवर्द्धनका लागि आगामी दिनमा सञ्चालन गर्न लागिएका योजनाहरूको जानकारी पनि सभामा प्रस्तुत गरियो। सहभागी सदस्यहरूले संगठनका गतिविधिहरूप्रति चासो व्यक्त गर्दै महत्वपूर्ण सुझावहरू राखेका थिए। सभाले संस्कृत भाषा शिक्षाको उन्नयन र प्रवर्द्धनमा सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार भएपछि मुख्य मन्त्री प्रेमसिङ तामाङ गोलेको कुशल नेतृत्वमा सिक्किममा संस्कृत पढेर बसेकाहरुलाइ अति उत्तम सोच राखेर राज्यमा संस्कृत भाषाको उत्थान र विकासमा काम गरेकोमा संगठनले धन्यवाद दिएको छ।यस बाहेक राज्यको शिक्षा विभाग, संस्कृत विभाग र मन्त्री राजु बस्नेतलाई पनि संगठनले धन्यवाद दिएको छ। राज्यमा संस्कृत शिक्षा प्रदान गर्ने उदेश्य शिक्षकहरुको संगठनको प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ। कार्यक्रममा अध्यक्ष काफ्लेले संस्कृत शिक्षालाई नयाँ उचाइमा पुर्यातउन सामूहिक प्रयास र एकताको आवश्यकता औंल्याए। उहाँले सबै सदस्यहरूको सक्रियताप्रति आभार व्यक्त गर्दै संस्कृत शिक्षाको समग्र विकासका लागि निरन्तर काम गर्न प्रेरणा प्रदान गरे। सभाको समापन रचनात्मक र उत्साहजनक वातावरणमा सम्पन्न भएको थियो भने सभामा खुल्ला पनि गरियो। सभालाई देवेन्द्र शर्माले संचालन गरेका थिए भने सभामा कोष अध्यक्ष दिनेश नेपाल, राम कुमार शर्माले पनि आफ्नो सुझाव राखेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement