राष्ट्रिय राजमार्ग बन्द गर्ने अजय एडवर्ड्सको बयानलाई लिएर एसकेएमद्वारा निन्दा

IMG-20241020-WA0000

गान्तोक: दार्जिलिङ आधार क्षेत्र रहेको हाम्रो पार्टीका अध्यक्ष तथा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका निर्वाचित सदस्य अजय एडवर्ड्सले राष्ट्रिय राजमार्ग १० अवरुद्ध गर्ने चेतावनीको सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले घोर भर्त्सना गरेको छ।
एडवर्ड्सको टिप्पणीप्रति कडा प्रतिक्रिया जनाउदै एसकेएम प्रवक्ता विकास बस्नेतले उक्त बयानलाई ‘राष्ट्रविरोधी’ ठहर गरेका छन्।
प्रवक्ता बस्नेतले एनएच १० राष्ट्रिय सम्पत्ति रहेको बताउॅंदै यस्ता बयान दिनु अघि नेताहरूले सावधानी अपनाउनु पर्ने बताए। उनले भने यस्तो बयानबाजीले राज्यको छविलाई क्षती पुऱ्याउॅंछ र अनावश्यक तनाव सिर्जना गर्न सक्छ भनी उनले बताए। उनले राष्ट्रिय राजमार्ग १० यात्रा र व्यापारको लागि एक महत्वपूर्ण मार्ग रहेको बताउॅंदै राजमार्ग बन्द गर्दा यस क्षेत्रको जन जीवन र जीविकोपार्जनको क्षेत्र प्रभावित बन्ने बताए। यस क्षेत्रको सामाजिक-राजनीतिक स्थिरतालाई कायम राख्दै जीएलओएफ पीडितहरूका गुनासोहरू सम्बोधन गर्ने दिशामा ध्यान केन्द्रित गर्नुपर्ने तर्फ प्रवक्ता बस्नेतले जोड दिए।
उल्लेख्य छ , जीएलओएफका पीडितहरूका गुनासोहरूलाई सम्बोधन गर्न पश्चिम बंगाल र सिक्किम सरकार असफल बनेको आरोप लगाउॅंदै अजय एडवर्ड्सले राष्ट्रिय राजमार्ग १० अवरुद्ध गर्ने चेतावनी दिएका थिए। उनको यस बयानले सिक्किम र दार्जिलिङमा राजनीतिक बयानबाजी तीव्र बनेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement