जयपुरमा एलपीजी ग्यासको ट्यांकरमा विष्फोट हुँदा ८ जनाको मृत्यु,  ३० सवारीसाधनमा आगलागी

00-1-Fire

जयपुर: जयपुरमा आज बिहानै एउटा ठूलो दुर्घटना भएको छ। यहाँ अजमेर रोडमा एलपीजी ग्यासले भरिएको ट्यांकर अचानक विस्फोट भयो। जसका कारण त्यहाँ ठूलो आगो लाग्यो। पेट्रोल पम्प नजिकै ट्यांकरमा विस्फोट भएको हो। वरपर उभिएका र दौडिरहेका ३० वटा सवारीसाधन आगलागीमा परे। केही बेरमै आगोले भयावह रूप धारण गर्यो। दुर्घटनामा जिउँदै जलेर आठ जनाको मृत्यु भयो। जयपुरको एसएमएस अस्पतालमा तीन दर्जनभन्दा बढीको उपचार भइरहेको छ। आगलागीको जानकारी पाएर २० भन्दा बढी दमकल घटनास्थलमा पुगेर निकै कठिनाईले नियन्त्रणमा लिए। पुलिसका अनुसार यो दुर्घटना अजमेर रोडको भान्क्रोटा क्षेत्रमा दिल्ली पब्लिक स्कूल नजिकै बिहान भएको हो। सञ्चारमाध्यमको समाचारअनुसार,  यहाँ एलपीजी भरेको ग्यास ट्यांकरमा अचानक विस्फोट भएर आगलागी भयो। कसैले केही बुझ्नुअघि नै आगोले ट्यांकरको वरिपरि उभिरहेका ३० वटा सवारीसाधनई जलेर नष्ट भयो। दुर्घटना भएको ठाउँ नजिकै एउटा पेट्रोल पम्प थियो। आगो त्यहाँसम्म पुग्न पाएन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement