६ सय वर्षमा पनि रहस्य खुल्न नसकेको पेन्टिङ

00-1-Painting

इतिहासमा एउटा यस्तो पेन्टिङ छ, जसलाई सबैभन्दा ‘रहस्यमय पेन्टिङ’ भनिन्छ किनभने यो पेन्टिङमा धेरै रहस्य लुकेका छन्, तर त्यसको जवाफ कसैसँग छैन्। यो चित्रले शताब्दीयौंदेखि मानिसहरूलाई चासो दिएको छ। हालै हिस्ट्री मे नामको इन्स्टाग्राम अकाउन्टमा एउटा भिडियो पोष्ट गरिएको छ, जसमा एउटा अनौठो पेन्टिङ भएको बताइएको छ। यस पेन्टिङको नाम ‘द अर्नोल्फिनी पोर्ट्रेट’ हो, जसलाई सन् १४३४ मा नेदरल्यान्डका जान भान इक नामक कलाकारले बनाएका थिए। यो पेन्टिङको प्रशंसा किन पनि गरिन्छ भने यो बुझ्न धेरै गाह्रो छ र यसमा धेरै रहस्य लुकेका छन्। चित्रमा एक पुरुष र उनकी गर्भवती पत्नी देखिएका छन्। उनीसँगै एउटा कुकुर पनि छ। पेन्टिङमा अरु पनि धेरै कुराहरु छन्, जसलाई राम्ररी हेर्नुभयो भने बुझिन्छ। तर, यो पेन्टिङको उदेश्य के हो? अझसम्म कसैले सही मूल्यांकन गर्न सकेका छैनन्। त्यसैले विश्वको धेरैजसो कला पारखीले यसलाइ रहस्यमयी पेन्टिङ भन्ने गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement