गोरुबथान: गोरुबथानको एक निजि विद्यालय सन्त फ्रान्सिस अशिशी विद्यालयले वार्षिक खेलकुद कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ। पान डाडा खेल मैदानमा गोरुबथान थाना प्रभारी प्रतिक सुब्बाको मुख्य आतिथ्यमा वार्षिक खेलकुद कार्यक्रमको शुरुवात गरियो।मन्चमा अन्य विशिष्ट अतिथिको रुपमा सितम मोक्तान, जे.बी. गुरुङ, कमल राणा, केशव प्रधान, प्रमोद तामाङ, डि. एम. राई, शिशिर चन्द्र राई,सौरभ बेनर्जी तथा अन्यान्य उपस्थित थिए। विद्यालयको संस्थापक जोन ब्रिटो बेनर्जीले स्वागत भाषण राखेका थिए। यस कार्यक्रममा सर्वप्रथममा नानीहरुले मार्च पास्ट गरेर सलामी दिएपछि विद्यालयको खेल कप्तान निमेष भुजेलले मसाल बालेर दगुरेर खेलको शुभारम्भ गराए। वार्षिक खेलकुद कार्यक्रममा नानीहरुको लागि १०० मिटर, ५० मिटर ,२०० मिटर, ४०० मिटर र ७० मिटरको दौड प्रतियोगिता रहेको थियो।अन्य खेलहरुमा अब्सटेकल रेस ,रिले रेस,थ्रि लेगेड रेस ,विल बेरो, सेक रेस, ब्रस्ट दि बेलुन, स्पुन रेस आदि समावेस गरिएको थियो। विद्यार्थीगणका अभिभावकगणको बाक्लो उपस्थिती पनि रहेको थियो। विद्यार्थीहरुले अभिभावकलाई समर्पित गरेर मार्स ड्रिल पनि प्रस्तुत गरेका थिए।

अन्तमा प्रथम ,द्वितिय र तृतिय हुने विद्यार्थीहरुलाई मेडल प्रदान गरियो।विद्यालयको प्रधान अध्यापिका ममता राई बेनर्जीले अन्तमा सबै सबैलाई धन्यवाद ज्ञापन गरिन्। सम्पुर्ण कार्यक्रमको सन्चालन विद्यालयको शिक्षिकाद्वय इरादा सुब्बा र साक्षी रेचल बनर्जीले गरेकी थिइन।