युक्रेनमाथिको हमलाबारे पुटिनको यस्तो बयान…

Vladimir-Putin

रुसका  राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आफ्नो वार्षिक पत्रकार सम्मेलनमा रुसले पहिले नै पूर्ण क्षमताका साथ युक्रेनमाथि आक्रमण गर्नुपर्ने बताएका छन्। उनका अनुसार रुसले युद्धका लागि राम्रोसँग तयार हुनुपर्ने थियो र सन् २०२२ मा युक्रेनमाथि आक्रमण गर्ने योजनाबद्ध तयारी गर्नुपर्ने थियो। चार घण्टाभन्दा बढी समय चलेको पत्रकार सम्मेलनमा पुटिनले बसर अल–असद, रुसको आणविक कार्यक्रम, रुसमा बढ्दो मुद्रास्फीति र डोनाल्ड ट्रम्पसँग सम्बन्धित प्रश्नको जवाफ दिए। बीबीसी रसियाका सम्पादक रोजेनबर्गले पनि पत्रकार सम्मेलनमा राष्ट्रपति पुटिनलाई प्रश्न सोधे। उनले बोरिस येल्तसिनको कार्यकालको तुलनामा २५ वर्षपछि रुस राम्रो स्थितिमा पुगेको छ? भनेर सोधे। जवाफमा भ्लादिमिर पुटिनले रुसले आफ्नो सार्वभौमसत्ता पुनः प्राप्त गरेको बताए। सिरिया र बसर अल असदबारे सोधिएको प्रश्नमा उनले त्यहाँको अवस्था जटिल रहेको बताए। तर सिरियाको घटना रुसको हार हो भन्ने होइन। रुसले सिरियाका पूर्व राष्ट्रपति बसर अल असदलाई समर्थन गरेको थियो। रुसी राष्ट्रपतिले पनि बशर अल असदलाई भेट्न नसकेको तर छिट्टै भेट्ने योजना रहेको बताए। यसबाहेक भ्लादिमिर पुटिनले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि सोधिएको प्रश्नको जवाफ दिएका छन्। उनले भने, ‘हामीले चार वर्षदेखि भेट गरेका छैनौं। तर उनले पनि चाहेमा भेट्न तयार छु।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement