गुवाहाटी(असम): असम प्रदेश कांग्रेस कमिटी (एपीसीसी)-द्वारा आयोजना गरिेएको राजभवन घेरौं ऱ्याली तथा विरोध प्रदर्शनको कार्यक्रमबाट शान्ति सुब्यबस्थामा असर पुगेको कारण कानून व्यवस्थालाई मध्यनजर गर्दै गुवाहाटी पुलिसले एपीसीसीविरूद्ध केही धाराहरू अन्तर्गत प्राथमिकी दर्ता गरेको छ।
गुहावाहीका पुलिस कमिश्नर दिंगत बोराले शुक्रवार सोको जानकारी गराउदै भने गत १८ दिसम्बरका दिन एपीसीसीद्वारा गरिएको ‘राजभवन घेराव ‘ विरोध कार्यक्रम तथा प्रदर्शनकारीहरूका कतिपय कार्यबाट कानून व्यवस्थाको स्थितिलाई लिएर पुलिस स्टेशनमा केस नम्बर १३०/२०२४ ७४/११५/(२)/१२१(१)१८९(३)/१l१९१(२)/१९५(१)१९५(२/२२३(बी)बीएनएस-२०२३को धारा९४ सहित असम पुलिस अधिनियम-२००७ तथा सार्वजनिक सम्पत्ति क्षति निवारण अधिनियम, १९८४को धारा ३(१) अन्तर्गत घटना दर्ता गरेको छ।
स्मरणीय रहोस्, विरोध प्रदर्शनलाई नियन्त्रण गर्नको लागि पुलिसले अश्रु ग्यासको गोला परिचालन गर्नु परेको थियो। प्रदर्शनका समयमा एकजना अधिवक्ताको मृत्यु समेत भएको थियो भने केही मानिसहरू सामान्य रूपमा घाइते भएका थिए, जस अन्तर्गत केही पत्रकारहरूलाई समेत चोट पटक लागेको छ।