बंगाईगाउँ(असम): बंगाईगाउँ जिल्लाको बोईटामारी क्षेत्रमा चार हजार नियन्त्रित लागु औषध नलाशु ट्याबलेट बरामद गरिएको छ। पुलिले दिइएको जानकारी अनुसार यी अबैध लागु औषध ट्याबलेट स्विफ डिजायर (एएस-०१एफएस०१३३)-काबाट बरामद गरिएको हो।
उक्त वाहन धुबड़ीदेखि काबाईटारी तर्फ गइरहेको थियो। सो घटनामा पुलिसले वाहन चालक तथा सो कारमा सवार यात्रु आफिउल हुसैनलाई समेत हिरासतमा लिइएको छ। दुवैसंग उत्तर सालमारा अनुमण्डल पुलिसले जाँचबुझ गरिरेको छ।