रियलमीले प्रस्तुत गर्‍यो आईपी६९ स्मार्टफोन, रियलमी १४एक्स ५जी

IMG-20241220-WA0202-1

नयाँ दिल्ली: भारतीय युवाहरूको सबैभन्दा लोकप्रिय स्मार्टफोन ब्रान्ड रियलमीले आज आफ्नो अत्याधुनिक स्मार्टफोन रियलमी १४एक्स ५जी सार्वजनिक गरेको छ। यो स्मार्टफोन आफ्नो पोर्टफोलियोमा सेग्मेन्टको पहिलो आईपी६९ डस्ट र वाटर रेसिस्टेन्स र मिलिटरी-ग्रेड शक रेसिस्टेन्ससहित आएको छ। यसमा ६००० एमएएचको शक्तिशाली ब्याट्री र ४५ वाट चार्जिङ सुविधा छ। साथै, यसमा सोनिकवेभ वाटर इजेक्सन र रेनवाटर स्मार्ट टचजस्ता विशेषताहरू पनि उपलब्ध छन्। रियलमीले यो स्मार्टफोनसहित किफायती मूल्यमा अत्याधुनिक प्रविधि र गुणस्तरीय उत्पादन उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई अघि बढाएको छ। रियलमी १४एक्स ५जीको प्रक्षेपणसँगै यो ब्राण्डले मिड रेन्ज स्मार्टफोन सेग्मेन्टमा सम्भावनाको दायरा फराकिलो बनाएको छ।

रियलमीका प्रवक्ताले भने, ‘‘हामी रियलमी १४एक्स ५जी सार्वजनिक गर्न पाउँदा उत्साहित छौँ। यो किफायती मूल्यमा परम्परागत मापदण्डहरूभन्दा माथि उक्लेको बलियो स्मार्टफोन प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण हो। उद्योगकै अगुवा आईपी६९ रेटिङ १५,००० रुपियाँको मूल्य वर्गमा उपलब्ध गराएर हामीले शक्तिशाली ब्याट्री र विभिन्न नवीन फिचर्स प्रस्तुत गरेका छौँ, जसले रियलमी १४एक्स ५जी प्रयोगकर्ताहरूलाई अतुलनीय अनुभव प्रदान गर्नेछ। यो टिकाउ र भरपर्दो स्मार्टफोनले प्रयोगकर्ताहरूलाई सशक्त बनाउनेछ। यसको डायमेन्सिटी ६३०० प्रोसेसरले शक्तिशाली प्रदर्शन र सहज कनेक्टिभिटी प्रदान गर्छ, जसले गर्दा रियलमी १४एक्स ५जीले उत्पादकता र मनोरञ्जनका विविध आवश्यकता पूरा गर्न सक्नेछ। हामीलाई विश्वास छ, हाम्रो पोर्टफोलियोको यो नयाँ स्मार्टफोन युवाहरूलाई धेरै मन पर्नेछ र उनीहरूलाई संसारको खोजी गर्न प्रेरित गर्नेछ।’’

रियलमी १४एक्स ५जी टिकाउ स्मार्टफोनको परम्परागत अपेक्षाभन्दा परे उत्कृष्ट मूल्यमा उत्कृष्ट स्मार्टफोन प्रस्तुत गर्ने रियलमीको प्रतिबद्धताको उत्कृष्ट उदाहरण हो। यसमा मिडियाटेक डायमेन्सिटी ६३०० ५जी चिपसेट छ, जसले सहज प्रयोगकर्ता अनुभव प्रदान गर्दछ। यसको नवीन डायमण्ड डिजाइनको प्रेरणा क्रिस्टल र रत्नहरूबाट लिइएको हो। यसमा सोनिकवेभ वाटर इजेक्सन र रेनवाटर स्मार्ट टचजस्ता फिचर्स छन्, जसले चुनौतीपूर्ण वातावरणमा पनि प्रयोगकर्ता र उपकरणबीचको अन्तरक्रिया प्रभावकारी बनाउँछ। रियलमी १४एक्स ५जी तीन आकर्षक रङहरू क्रिस्टल ब्ल्याक, गोल्डेन ग्लो र ज्वेल रेडमा उपलब्ध हुनेछ। यसको ६जीबी+१२८जीबी भेरियन्ट १४,९९९ रुपियाँमा र ८जीबी+१२८जीबी भेरियन्ट १५,९९९ रुपियाँमा रियलमीको आधिकारिक वेबसाइट, फ्लिपकार्ट र अन्य मेनलाइन च्यानलहरूमा उपलब्ध हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement