खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा सिटोङ दुईको सभा शहीद नीता खवास सार्वजनिक भवनमा सम्पन्न भएको छ। सभामा संगठनलाई बलियो बनाउनको निम्ति सिटोङ दुई ब्लक कमिटी गठनको निम्ति को-अर्डिनेशन कमिटि गठन गरियो। उक्त कमिटीमा चिफ् को-अर्डिनेटर पुरुषोत्तम शर्मा, सब को-अर्डिनेटर हेमन्त गुरुङ, रोहित राई, रसिक राई, डानियल मुखिया, नारी शक्तिबाट संगीता खवास, सभापति बिनीता खवास, भप्पी तामाङ, समष्टि कमिटीको निम्ति ३ जना प्रतिनिधि पनि चुनिएको छ। जसमा समीर छेत्री, पासाङ शेर्पा, डानियल मुखिया आदि छन्। त्यसरी नै बुथ कमिटि गठनको निम्ति मितिहरु तय गरिएको जानकारी प्राप्त भएको छ।