ब्राउन सुगर र प्रतिबन्धित कफ सिरप बरामद, २ जना पक्राउ

Aressted-4

 सिलगढी: लाखौंको ब्राउन सुगर र प्रतिबन्धित कफ सिरपसहित २ जना पक्राउ परेका छन्। एसओजी र प्रधाननगर पुलिस चौकीको संयुक्त कारबाहीमा ठूलो परिमाणमा ब्राउन सुगर र प्रतिबन्धित कप सिरपसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३८ वर्षीय समीर विश्वास र २१ वर्षीय बपी रोय रहेका छन्। अभियुक्त समीर विश्वास सिलगढीको चम्पासरी गोविन्द नगरको हिमकर्स इलाकाका बासिन्दा हुन् भने आरोपी बपी राय हिली दक्षिण दिनाजपुरका निवासी हुन्। उनीहरुले गोविन्द नगरमा घर भाडामा लिएका थिए। गोप्य स्रोतबाट प्राप्त सूचनाका आधारमा बिहीबार दिउँसो पुलिस र प्रधाननगर पुलिस चौकीको विशेष अपरेशन ग्रुपले संयुक्त अपरेशन गरेको हो। त्यसपछि दुवै बाइक सवारलाई सिलगढीको प्रधान नगर थाना अन्तर्गत गोविन्दनगर इलाकाबाट पक्राउ गरिएको थियो। खोजीका क्रममा उनीहरुको साथबाट करिब १४५ ग्राम ब्राउन सुगर र ४८ बोतल प्रतिबन्धित कप सिरप बरामद भएको थियो। त्यसपछि प्रधाननगर पुलिस चौकीले उनलाई पक्राउ गरेको छ। पुलिस स्रोतका अनुसार बरामद ब्राउन सुगर र प्रतिबन्धित कप सिरपको अनुमानित बजार मूल्य २० लाख रुपियाँ बताइएको छ। पक्राउ परेकालाई शुक्रबार सिलगढी अदालतमा पेश गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement