फालकाटामा हात्ती हमालले दुई घर क्षतिग्रस्त

IMG-20241220-WA0220

अलिपुरद्वार: फलाकाटाको दक्षिणमा रहेको देवगाउँमा जंगली हात्तीको हमलाबाट दुई परिवार प्रभावित भएका छन्। रातिको अँध्यारोमा जल्दापाडा डिभिजनको मदारीहाट रेन्जको दक्षिण खैरबारी जंगलबाट दुईवटा हात्ती निस्केर फलकाटाको दक्षिण देवगाउँ क्षेत्रमा आक्रमण गरे। दुवै परिवारका सदस्य बाँचे पनि हात्तीले घरमा क्षति पुर्याएको छ। सूचना पाएलगत्तै वनकर्मी घटनास्थल पुगे। बिहानै उक्त क्षेत्रमा पुगेका दक्षिण खैरबारीका पिटका अधिकृत प्रकाश सुब्बाले पीडित परिवारलाई सरकारी नियमअनुसार क्षतिपूर्ति पाउने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement