मिरिक: खस भारतीय हितकारी सम्मेलन मिरिक आञ्चलिक समितिद्वारा मिरिक कृष्णनगरमा आज मष्ट पूजा भव्य रूपमा पालन गरिएको छ। यस अवसरमा खस जातिकाे धामीहरूद्वरा ३६ मष्टकाे पूजा धार्मिक परम्परा अनुसार गरियाे। यस अवसरमा केन्द्रीय महासचिव बलभद्र पुयाँल, केन्द्रीय समिति प्रशासनिक सचिव मेघनाथ छेत्री, केन्द्रीय सदस्यहरू तिलक छेत्री, निल गिरी, मिरिक आञ्चलिक समितिका अध्यक्ष सीपी गिरी, केन्द्रीय उप एपी छेत्री, अञ्चल उपाध्यक्ष तारामान छेत्री, सह सचिव गाैतम छेत्री लगायत १९ शाखाका पदाधिकारी एंव सदस्यहरूकाे व्यापक उपस्थिति रहेकाे थियाे। यस अवसरमा बाेल्दै मिरिक आञ्चलिक समितिका सचिव सुनिल भण्डारीले खस भारतीय हितकारी सम्मेलन मिरिक आञ्चलिक समितिद्वारा मिरिक कृष्ण नगरमा प्रत्येक वर्ष मष्ट पूजा पालन गर्ने क्रममा यस वर्ष पनि मष्ट पूजा भव्यताकाे साथ गरिएकाे जानकारी गराउँदै मष्ट पूजा खसहरूकाे कूल पूजा पनि हाे भनी बताएका छन्।

उनले कार्यक्रममा केन्द्रीय समितिकाे पदाधिकारीहरूकाे उपस्थितिले कार्यक्रमकाे शाेभा बढेकाे जानकारी गराउँदै खस जाति प्रकृतिकाे पूजा गर्ने जाति रहेकाे अनि खसहरू जनजाति रहेकाे कारण नै मष्ट पूजाकाे आयाेजना गरिएकाे जसकाे मुख्य उद्देश्य जातीय संस्कार, संस्कृतिकाे संरक्षण गरी नयाँ पुस्तालाई मष्ट पूजाकाे महत्व बुझाउनु पनि हाे भनी बताएका छन्। उनले मष्ट पूजालाई भव्यताकाे साथ सम्पन्न गर्न सहयाेग गर्ने सम्पूर्णप्रति आभार पनि प्रकट गरे।

यस अवसरमा केन्द्रीय महासचिव बलभद्र पुयाँलले खसहरू खाटी जनजाति रहेकाे अनि खसहरूले लामाे समयदेखि जनजातिको गरिरहेकाे जानकारी गराउँदै जनजातिको मुद्दामा भईरहेकाे कार्य प्रगतिबारे विस्तृत जानकारी गराएका छन्।