ब्लु डाईमण्ड अंग्रेजी स्कूलको वार्षिक परितोषिक वितरण कार्यक्रम

IMG-20241220-WA0217

खरसाङ: तीनधारेको ब्लु डाईमण्ड अङ्ग्रेजी स्कूलमा यस सत्र २०२४ को वार्षिक परीक्षाको फलाफल एवं परितोषिक वितरण कार्यक्रम सम्पन्न भयो। विद्यालयका प्राचार्य रवि सुब्बाद्वारा स्वागत जनाए पश्चात स्कूल सञ्चालन समितिका सभापति रञ्जनकुमार रसाईली, सदस्य सुरेशचन्द्र दर्नाल एवं शिक्षक शिक्षिकाहरूद्वारा नर्सरीदेखि चौथो श्रेणीसम्मका उत्कृष्ट अंक प्राप्त गरेर सफल हुने विद्यार्थीहरूलाई पुरस्कारहरू प्रदान गरिएको छ। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा राष्ट्रपति पुरस्कारले सम्मानित एवं स्कूल सञ्चालन समितिका पूर्व प्रमुख सल्लाहकार स्व. हरिप्रसाद क्षेत्रीकी धर्मपत्नी धनकुमारी क्षेत्री उपस्थित थिए। स्कूल प्रबन्धक प्रह्लाद रसाईलीद्वारा स्व. हरिप्रसाद छेत्रीको स्कूलप्रतिको योगदानलाई स्मरण गर्दै स्कूलद्वारा तयार पारिएको सम्वेदना पत्र हस्तान्तरण गरियो। गुरुमा धन कुमारी क्षेत्रीको बाहुलीबाट विशेष चौथो श्रेणीको विद्यार्थीहरूलाई मायाको चिन्ह प्रदान गरिन्। अन्त्यमा प्राचार्य रवि सुब्बाद्वारा उपस्थित सम्पूर्णलाई बहुमूल्य उपस्थितिको निम्ति धन्यवाद दिँदै आगामी बड़ा दिन (क्रिस्मस) एवं नयाँ वर्षको शुभकामना व्यक्त गर्दै शीतकालीन विदाको घोषणा गरिएको जानकारी प्राप्त भएको छ।

About Author

Advertisement