द नाइट इज आवर्स र सिलगढी सिटिजन्स फर जस्टिसद्वारा सीबीआई कार्यालय अगाडि विरोध प्रदर्शन

IMG-20241220-WA0200

सिलगढी: आरजी कर कलेज तथा अस्पतालका पूर्व प्रिन्सिपल सन्दीप घोष र ताला पुलिस थानाका ओसी अभिजित मण्डललाई आरजी कर अस्पतालमा प्रशिक्षार्थी महिला डाक्टरको दुष्कर्म र हत्याको आरोपमा जमानत मिलेको छ। यसको विरोधमा आज द नाइट इज आवर्स र सिलगढी सिटिजन्स फर जस्टिसले सिलगढीको सीबीआई कार्यालय अगाडि व्यापक विरोध प्रदर्शन गरेको छ। सीबीआईले आरोपपत्र दायर नगरेका कारण उच्च अदालतले दुवै अभियुक्तलाई जमानतमा रिहा गरेको संगठनका सदस्यहरुले बताएका छन्। ‘सीबीआईले ९० दिनभित्र आरोपपत्र दायर गरेको भए दुवैले जमानत पाउने थिएनन् । सीबीआई देशको सबैभन्दा ठूलो एजेन्सी हो। तर यो मामिलामा यो पूर्ण रूपमा असफल भएको देखिन्छ। लापरवाहीका कारण आरोपीले जमानत पाएका हुन्। जसका कारण हामी सीबीआई कार्यालय अगाडि आन्दोलन गरिरहेका छौं  यस मामिलामा सीबीआईले जतिसक्दो चाँडो प्रतिवेदन पेश गरोस्, ताकि दोषीलाई कारबाही होस् भन्ने हाम्रो माग छ’, उनीहरूको भनाइ छ।

About Author

Advertisement