सिक्किम सरकार अनि सिक्किमवासीलाई म वचन दिन्छु, जबसम्म म सरकारमा छु कुनै दिन पनि बन्द हुने दिने छुइन: अनित थापा
दार्जिलिङ: हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवर्ड्सको सिक्किम विरुद्धको बयानमाथि जीटीए प्रमुख कार्यपाल अनित थापाले प्रतिक्रिया दिएका छन्। उनले भनेका छन्: ‘सिक्किम सरकार अनि सिक्किमवासीलाई म वचन
दिन्छु, जबसम्म म सरकारमा छु कुनै दिन पनि बन्द हुने दिने छुइन। मैले पनि अजय एडवर्ड्सको बयान मिडिया मार्फत नै देखें। उनले म जीटीएको चिफ भएको भए भने, तर उनले पनि मौका पाएका नै थिए जीटीए चलाउन। जनताले बहुमत दिलाएर आज मलाई जीटीएको चौकीमा राखेको हो। उनले हार खप्नु पर्यो।’
अनित थापाले भने, ‘उनले सिक्किममाथि जुन बयान दिए हाँस्यात्मक बयान हो। नेता भएर सोचेर बोल्नु पर्छ। हाम्रो राजनीति अनि राजनैतिक बयानले सिक्किम अनि दार्जीलिङ पहाडको कसैलाई पनि दुख्नु हुँदैन। हामीले बिना सोचेर दिएको राजनैतिक बयानले सिक्किम अनि दार्जीलिङ पहाड माझको मित्रतामा धक्का पुग्नु सक्छ।’
गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले अघि भने, ‘आपदा हुँदा हामीले भन्ने ठाउँ राज्य अनि केन्द्र सरकार हो, जुन कुरा हामीले गर्यौ पनि। गत समयको आपदाले दार्जीलिङ पहाडलाई भन्दा पनि सिक्किमलाई धेरै क्षति पुर्याएको छ। सिक्किम अनि दार्जीलिङमाझ रगतको साइनो रहेको छ। पहाडको आन्दोलन समय सिक्किमवासीले धेरै दुःख खप्नु पर्यो। प्राकृतिक आपदा सरकारले ल्याउँदैन। गत समय भएको आपदा सिक्किमले ल्याएको भन्नु मिल्दैन। आफ्नो राजनैतिक फाइदाको निम्ति अरूको ठूलो क्षति गर्नु हुँदैन। जीटीएको प्रमुख कार्यपालकाे चौकीमार्फत् सिक्किम सरकार अनि सिक्किमवासीलाई म वचन दिन्छु, जबसम्म म सरकारमा छु कुनै दिन पनि बन्द हुने दिने छुइन। मैले केही भन्नु छ भने पत्राचार गरेर नै भन्ने छु। म यहाँ बसेर सिक्किमलाई दु:खाउने काम कहिले पनि गर्ने छुइन। राष्ट्रिय राजमार्ग राज्यको मात्र होइन यो देशको बाटो हो। राष्ट्रिय मार्ग रोक्छु भन्ने जुन बयान आयो त्यो हाँस्यात्मक बयान हो।’
थापाले अझ भने, ‘दार्जिलिङ पहाडबाट जुन किसिमको वक्तव्य आयो, त्यो वक्तव्यलाई मनमा नलिने सिक्किमवासीलाई निवेदन गर्छु। तपाईहरु निर्धक्क बस्नुहोस्, हाम्रो राजनैतिक फाइदाको निम्ति तपाईंहरूलाई दुखाउने कार्य हुनेछैन। राजनीति आफ्नो ठाउँमा छ, तर आम जनताले दुःख पाउन हुँदैन।
नेताहरुले बयान दिँदा सोचेर बोलौं। हाम्राे बयानले कसैलाई दुख्नु हुँदैन।’