सिलगढीमा केन्द्रीय गृहमन्त्री अमित शाहको पुत्ला दहन

IMG-20241220-WA0186

सिलगढी: केन्द्रीय गृहमन्त्री अमित शाह सिलगढीको भ्रमणमा छन्। सशस्त्र सीमा बलको स्थापना दिवस कार्यक्रममा भाग लिन सिलगढी संलग्न रानीडांगा आइपुगे। यसैबीच, गृहमन्त्री अमित शाहले डा भीमराव अम्बेडकरबारे दिएको अभिव्यक्तिको विरोधमा दार्जीलिङ जिल्ला कांग्रेसले जुलुस निकाल्यो। गृहमन्त्री अमित शाहले डा अम्बेडकरको बारेमा गरेको टिप्पणीको विरोधमा कांग्रेसले देशभर विरोध गरिरहेको छ। संसदमा पनि यो विषय निकै चर्किएको छ। यसैबीच, आज दार्जीलिङ जिल्ला कांग्रेसले जुलुस निकालेर केन्द्रीय गृहमन्त्री अमित शाहको पुत्ला दहन गर्यो। उक्त जुलुसमा कांग्रेसका कार्यकर्ताहरुको बाक्लो सहभागिता रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement