घाउबाट छुटकारा खोज्दै हात्ती

IMG-20241220-WA0137

जलपाईगढी: हात्तीको शरीरमा कीराहरू भएका कारण धेरै बिरामी हुन्छ। बैकुण्ठपुर जंगलमा लामो समयदेखि एउटा हात्ती बिरामी अवस्थामा घुमिरहेको छ। उसको खुट्टा र पुच्छरमा घाउ छ। जसका कारण हात्ती चल्न पनि लगभग असम्भव भएको छ। घाउमा धेरै कीराहरू परेका छन्। यस्तो जलनबाट छुटकारा पाउन हात्तीले बैकुण्ठपुर नजिकैको आपल चान खोलाको पानीमा सुतेर शरीरको पीडाबाट छुटकारा पाउन खोजेको स्थानीयले बताए। यो अवस्था लामो समयदेखि कायम रहेको स्थानीयको दाबी छ। लामो समय यसरी बसेमा ज्यान जान सक्ने स्थानीयवासीले बताएका छन्। छिट्टै उपचार गर्नुपर्ने स्थानीयवासीको गुनासो छ। तर, बैकुण्ठपुर वन विभागका कर्मचारी भने नदी किनारमा पुगिसकेका छन्। उनीहरुले हात्तीका लागि खानाको व्यवस्था गरिरहेका छन्। तर उपचार कति सम्मपुग्छ त्यो भने हेर्न बाँकी छ। वन विभागका कर्मचारी घोडामा चढेर आएका थिए। सोही क्रममा इलाकाका एडीएफओ मञ्जुला तिर्कीलाई बोलाएपछि उनले हात्तीको उपचारको व्यवस्था मिलाइएको थाहा पाए, तर त्यसबेला दुईवटा हात्तीसँगै भएकाले उपचार हुन नसकेको बताए। यस विषयमा माथिल्लो निकायलाई जानकारी गराइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement