केन्द्रीय मन्त्री अमित शाह सशस्त्र बलको स्थापना दिवस समारोहमा भाग लिन रानीडांगा क्याम्प पुगे

IMG-20241220-WA0131

 सिलगढी: केन्द्रीय गृहमन्त्री अमित शाह सिलगढीको रानीडांगामा सशस्त्र सीमा बल (एसएसबी) शिविर पुगेका छन्। एसएस बी सीइमा मुख्यालयमा स्थापना दिवस समारोहमा भाग लिने र अधिकारीहरूसँग उच्चस्तरीय बैठकहरू गर्नेछन्। केन्द्रीय गृहमन्त्री अमित शाह बिहीबार राति सिलगढी पुगे जहाँ केन्द्रीय मन्त्री तथा भारतीय जनता पार्टी (भाजपा) पश्चिम बंगाल इकाईका अध्यक्ष सुकान्त मजुमदारले राज्यको उत्तरी भागको बागडोग्रा एयरपोर्टमा उनलाई स्वागत गरे।

एसएसबी फ्रन्टियर मुख्यालयको परेड ग्राउन्डमा स्थापना दिवस समारोहमा सहभागी हुनेछन्।  यस अवसरमा परेड र सांस्कृतिक कार्यक्रमको आयोजना गरिने अधिकारीहरुले बताएका छन्। उनले पछि ‘एरिया एसेसमेन्ट रजिस्टर’ समीक्षा गर्न एसएसबी अधिकारीहरूसँगको बैठकको अध्यक्षता गर्नेछन्। यो समीक्षा बैठक एसएसबी सीमा मुख्यालयमा पनि हुनेछ। उनी एसएसबी फ्रन्टियर मुख्यालयमा ‘क्षेत्र मुल्यांकन दर्ता’को समीक्षा बैठक पछि प्रस्थान गर्नेछन्l उनले मजुमदारलाई भेट्ने र राज्य इकाईको संगठनात्मक पक्षहरू छलफल गर्नसक्ने सम्भावना छ। बंगलादेशमा भइरहेको घटनाक्रमलाई मध्यनजर गर्दै उनको यो भेट महत्वपूर्ण मानिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement