सिटी सफारी चालकलाई खुकुरी प्रहार गर्ने कट्टेल पक्राउ

IMG-20241220-WA0126

बिराटनगर: विराटनगर बसपार्कमा मंगलबार साँझ सिटी सफारी चालकलाई खुकुरी प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर-११ का ‘टोले गुण्डा’ भनेर चिनिएका रेमन कट्टेल रहेका छन्।
उनले मंगलबार राति ९ बजेको समयमा बसपार्कमा विराटनगर-१२ का विजय कामतलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार खुकुरी प्रहारबाट कामग गम्भिर घाइते भएका छन्। उनको बाँयाँ हातको नाडीमा गहिरो चोट लागेको छ। अहिले विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार विराटनगर-११ जनपथ टोलका कट्टेलले आतंक मच्चाउँदै आएका छन्। उनी यसअघि पनि पक्राउ परेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement