रम्फू: आगामी २१ दिसम्बरको दिन मानव उत्थान सेवा समितिले पनि संयुक्त राष्ट्र संघले पालन गर्ने गरेको विश्व ध्यान दिवसलाई अन्तर्राष्ट्रिय स्तरमा पालन गर्ने भएको मानव उत्थान सेवा समितिको मूल कार्यालय नयाँ दिल्लीको कार्यालयले जनाएको छ। संगठनका सचिव महात्मा सत्यबोधानन्दद्वारा जारी एक विज्ञप्तीमा मानव धर्मका प्रणेता सतपाल महाराजको निर्देश अनुसार समितिका प्रत्येक शाखाहरूमा सन्त महात्मागणको सानिध्यमा यस दिन स्थानीय आश्रमहरूमा समय अनुसार बेलुकी ७ देखि ८ बजेसम्म अन्तर्राष्टिय ध्यान दिवस पालन गर्ने आह्वान गरिएको छ, त्यसै पनि मानव उत्थान सेवा समितिले निरन्तर रुपमा ध्यान र साधनालाई प्रमुखता दिएर आध्यात्मिक ज्ञानको प्रचार-प्रसार विश्व स्तरीय रुपमा गरिरहेको छ। समितिको उत्तर पूर्वाञ्चल क्षेत्रका विभिन्न शाखाहरूमा पनि २१ तारिक विश्व ध्यान दिवस पालन गरिने भएको जानकारी सूुत्रले दिएको छ।