रातेपानीमा महिला जागरुकता कार्यक्रम

IMG-20241219-WA0233

नाम्ची: नाम्ची जिल्ला महिला तथा बाल विकास विभागले आज रातेपानी ग्राम पञ्चायत एकाईमा बेटी बचाओ बेटी पढाओ – योजनामाथि एक दिवसीय जागरूकता कार्यक्रम आयोजन गर्‍यो। कार्यक्रममा रातेपानी पञ्चायतकी अध्यक्ष इन्द्रदोङ तामाङ मुख्य अतिथि थिइन्। एक दिवसीय जागरूकता कार्यक्रममा किशोरीहरूको स्वास्थ्य र कल्याणबारे जानकारी दिइएको थियो। कार्यक्रममा जन्म, शिशु स्वास्थ्य र दूध खुवाउनेबारे पनि जागरुकता गराइएको थियो। मुख्य अतिथि पञ्चायत अध्यक्ष इन्द्रदोङ तामाङले सामाजिक मुद्दाहरूअन्तर्गत बालविवाहको परिणाम, परिवार नियोजन र किशोरीहरूको सशक्तिकरणको महत्त्वमा जानकारी गराइन्। उनले पोक्सो ऐनको पनि उल्लेख गरिन्। यसले बालबालिकालाई यौन शोषण र दुर्व्यवहारबाट जोगाउने जानकारी गराइन्। यसका साथै उनले महिलाहरूको लागि अझ बढी कार्यक्रमबारे पनि बताइन्। यसबाहेक, उनले एक वर्षको अन्तरालमा बच्चा जन्माउने आमाबाबालाई स्वास्थ्यको महत्त्वमा ध्यान केन्द्रित गर्दै परामर्श दिइन्। नोडल अधिकारी सोफिया लेप्चाले बेटी बचाओ, बेटी पढाओ योजनाबारेमा जानकारी दिइन्। यसको मुख्य उद्देश्य घट्दो बाल लिङ्ग अनुपात रहेको बताइन्। महिला सशक्तिकरणको लागि भारतभरि विभिन्न अभियान चलिरहेको जानकारी गराउँदै यसबारे सबै जागरुक बन्ने आह्वान गरिन्। विभागका अधिकारी स्मृति राईले बाल यौन दुर्व्यवहार विरूद्ध पोक्सो ऐनको प्रभावी पहलबारे जानकारी दिइन्।

About Author

Advertisement