पशुपालन विकासको लक्ष्य राख्दै पशुसखीहरुलाई तालिम

IMG-20241219-WA0231

गान्तोक: पशुपालन तथा पशु चिकित्सा सेवा विभागले “पशुसखीहरू” को लागि १६ दिवसीय तालिम सफलतापूर्वक सम्पन्न गऱ्यो। यो पहल राष्ट्रिय दुग्ध विकास बोर्डसँगको सहकार्यमा सम्पन्न भएको हो। जसले पशुधन उत्पादनको विकासको लागि जानकारी लिँदै बलियो नेटवर्क सिर्जना तयारीबारे पनि जानकारी लिएको थियो। स्थानीय सोकेथाङ प्रशिक्षण केन्द्रमा भएको तालिममा सिक्किम ग्रामीण जीविकोपार्जन मिशनमा रहेका जम्मा २५ पशुसखीहरूले सहभागिता लिएका थिए। समापन कार्यक्रममा विभागका अधिकारीहरुको सहभागिता रहेको थियो। यो पहलले पशु चिकित्सा सेवाहरू र कृषि क्षेत्रमा संलग्न उत्पादकहरुबीच समन्वय बढ़न सक्ने आशा गरिएको छ। पशुसखीहरूलाई व्यापक तालिम दिएर सशक्त बनाउने विभागको लक्ष्य रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement