जिम्बाब्वेविरुद्ध अफगानिस्तानको ऐतिहासिक जीत

IMG-20241219-WA0225

हरारे: अफगानिस्तानले दोस्रो वनडे इण्टरनेशनल क्रिकेट म्याचमा जिम्बाब्वेलाई २३२ रनको फराकिलो अन्तरले पराजित गऱ्यो। यो रनको हिसाबको वनडे इण्टरनेशनल क्रिकेटमा अफगानिस्तानको अहिलेसम्मको सबैभन्दा ठूलो जीत हो। यस जीतको साथै अफगानिस्तानले तीनवटा म्याचको वनडे सीरीजमा १-० को अजेय बढ़त हासिल गर्यो। हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिंग गर्दै अफगानिस्तानले सेदिकुल्लाह अटलको शतक (१०४ रन) अनि अब्दुल मलिक (८४ रन)-को अर्द्धशतकको सहायताले ५० ओभरमा ६ विकेट गुमाएर २८६ रन बनायो। त्यसपछि आयोजक जिम्बाब्वे १७.५ ओभरमा केवल ५४ रन बनाएर अलआउट भयो। केवल ११ रनमा ४ विकेटको पतनपछि जिम्बाब्वेले शीर उठाउन सकेन । आयोजक टीमबाट सिकन्दर रजा (अविजित १९) र सीन विलियम्स (१६ रन) – लाई छोड़ेर अन्य कसैले १० रनसम्म पनि बनाएनन्। अफगानिस्तानका बलरहरूमा एएम गजनफार र नवीद जादरानले ३-३ विकेट हासिल गरे । यसअघि अफगानिस्तानको तर्फबाट सेदिकुल्लाह र अब्दुल मलिकले असाधारण ब्याटिंग गरे। सेदिकुल्लाहले आफ्नो पहिलो वनडे शतक बनाए। उनले १२८ बल खेलेर ८ वटा चौका र ४ वटा छक्काको साथ १०४ रन बनाए। यसरी मलिकले १०१ बल खेलेर ११ वटा चौका र एउटा छक्काको साथ ८४ रन बनाए। यी दुईजनाले पहिलो विकेटको निम्ति ३५ ओभरमा १९१ रनको पार्टनरशीप गरे। यी दुईजना बाहेक कप्तान हशमतुल्लाह शाहिदीले अविजित २९र मोहम्मद नबीले १८ रन बनाए। जिम्बाब्वेका बलरहरूमा न्यूमान न्यामहुरीले सर्वाधिक ३ विकेट लिए। सेदिकुल्लाहले प्लेयर अव् द म्याचको पुरस्कार जिते। सीरीजको पहिलो म्याच वर्षाले गर्दा रद्द भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement