म्याराडोना मेमोरियल कपः परिवर्तन खेलकुद संघ सेमिफाइनलमा पुग्न सफल

photocollage_20241219224735727

दार्जीलिङ: घूम जोरबंग्लो युनाइटेड क्लबको तत्त्वावधानमा आयोजित म्याराडोना मेमोरियल कप फूटबल टुर्नामेण्टमा परिवर्तन खेलकुद संघले सेमिफाइनलमा स्थान बनायो। घूम स्कूल ग्राउण्डमा बिहीवार भएको चौथो तथा अन्तिम क्वार्टर फाइनल म्याचमा परिवर्तन खेलकुद संघले बड़ा काकझोड़ा विरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट रुलेन लेप्चाले २ र कुञ्जमान थापाले १ गोल गरे। विजेता टीमका प्रभेश रोयले प्लेयर अव् द म्याचको पुरस्कार जिते। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा २२ वटा टीमले हिस्सा लिएको छ। फाइनल २२ दिसम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement