भारत र पाकिस्तानबीच म्याचहरू २०२७-सम्म तटस्थ स्थलमा गराइने आईसीसीको घोषणा

IMG-20241219-WA0202

नयाँ दिल्ली: च्याम्पियन्स ट्रफीको आयोजन आउँदो साल फरवरी र मार्चमा हुनु छ। टुर्नामेण्टको निम्ति भारतीय टीम पाकिस्तान नजाने विषयलाई लिएर सृष्टि भएको विवादलाई हल गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)-ले हल निकालेको छ अनि यसमा दुवै देश सहमत पनि भएको छ। आईसीसीले बिहीवार भारत र पाकिस्तानबीच सबै म्याचहरू न्यूट्रल वेन्यू (तटस्थ स्थल)-मा खेलिने फसेला गऱ्यो। यसरी आईसीसी टुर्नामेण्टहरूमा अब दुवै टीम एक-अर्काको देशमा जानेछैन अनि यी दुई टीमबीचका म्याचहरू कुनै तटस्थ स्थानमा हुनेछ। यो नियम २०२४-देखि २०२७-सम्म लागू हुनेछ। आईसीसीको यस घोषणाले च्याम्पियन्स ट्रफीको आयोजन हाईब्रीड मोडलमा हुने पनि तय भयो। आईसीसीले बताएअनुसार, २०२४-देखि २०२७-बीच हुने आईसीसी टुर्नामेण्टहरूमा भारत र पाकिस्तानबीच म्याच तटस्थ स्थलमा खेलिनेछ। यो नियम आउँदो च्याम्पियन्स ट्रफी, महिला क्रिकेट वर्ल्ड कप २०२५ (भारतको आयोजन) र पुरुष टी२० वर्ल्ड कप २०२६ (भारत र श्रीलंकाको आयोजन)-मा लागू हुनेछ। यसको साथमा आईसीसीले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)-लाई २०२८-मा हुने महिला टी२० वर्ल्ड कपको आयोजन अधिकार पनि दियो। त्यस समय पनि भारत र पाकिस्तानबीच म्याच तटस्थ स्थलमै खेलिनेछ।
आईसीसीले अहिलेसम्म च्याम्पियन्स ट्रफीको कार्यक्रम पुष्टि गरेको छैन। बिहीवार भारत र पाकिस्तानबीच जारी गतिरोध समाप्त भएपछि आईसीसीले चाँड़ै कार्यक्रमको घोषणा गर्नेछ। भारतको सबै म्याचहरू दुबईमा खेलिने सम्भावना छ। आईसीसी च्याम्पियन्स ट्रफी २०२५-मा आयोजक पाकिस्तान र भारतको साथमा अफगानिस्तान, अष्ट्रेलिया, अफगानिस्तान, बंग्लादेश, ईंग्ल्याण्ड, न्यूजील्याण्ड र दक्षिण अफ्रिकाले हिस्सा लिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement