विराटनगर: कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रमुखको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डिआइजी) राजन अधिकारीले सम्हालेका छन्।
डिसेम्विबर १२मा शेष व्यूरोबाट उनको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भएको थियो। अधिकारीले डिसेम्बर १८मा कार्यभार सम्हालेका हुन्।
जिम्मेवारी सम्हालेपछि अधिकारीले प्रहरीले समाजलाई जीवन्त, गतिशील र सुरक्षित राखी राख्न अहोरात्र खट्नुपर्ने बताए।
समाजका हरेक पक्षहरू सुरक्षाको जगमा अडेको बताउँदै उनले सुरक्षा नै समाजको मेरूदण्ड रहेको बताए। उनले त्रुटीरहित कार्य सम्पादन गर्न निर्देशन दिए। सवारी दुर्घटना, साईबर अपराध, लागुऔषधको प्रयोग तथा ओसारपसार, सहकारी ठगी र अन्य प्रकारका अपराधका घटनाहरुलाई नियन्त्रण र निरुत्साहित गर्न योजनाबद्धरुपमा काम गर्ने पनि बताए। उनले ‘अपराधीलाई डर र निर्दोषलाई भर’ को पहिचान बनाई काम गर्न निर्देशन दिए।











