दमकको होटलमा दुई युवती सँग बसेका एक ब्यत्ति मृत भेटिए

IMG-20241219-WA0159

दमक: झापाको दमक बसपार्कस्थित मिलन होटल एन्ड लजमा दुईजना युवतीसंग राति बसेका एक व्यक्ति आज बिहान मृत फेला परेका छन्।
मृत फेला पर्ने अन्दाजी ४५ वर्षका व्यक्ति सिन्धुलीका सुनुवार थरको भएको बताइएको छ। अन्य विवरण खुलिनसकेको दमक प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक रामभक्त भट्टराईले बताए। बसपार्कमा रहेको मिलन होटल एन्ड लजमा यौन धन्दा हुँदै आएको बताइन्छ। यौन कार्य गर्न आएका व्यक्तिको मृत्यु भएको आशंका गरिएको छ।

About Author

Advertisement