राज्यपालले दिए भुजेल र लिम्बू समुदायलाई महान चाडहरूको शुभकामना

photocollage_2024111917214384

गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले राज्यका भुजेल समुदायलाई फुगल परिम तथा लिम्बू समुदायलाई त्योङ्गसी सिरिजङ्गा सावन तोङनाम र चासोक तोङनामको हार्दिक शुभकामना दिएका छन्।
उनले भुजेल समुदायद्वारा मनाइने फुगल परिमले पैतृक परम्पराहरूको सम्मान गर्न र राम्रो फसलका लागि प्रकृतिप्रति आभार व्यक्त गर्न स्मरण गराउॅंछ भनी बताएका छन्। उनले सिक्किममा भुजेल समुदायसहित सबै नागरिकहरूलाई यस महत्वपूर्ण पर्वको शुभकामना दिएका छन्।
यसरी नै लिम्बू समुदायको महत्वपूर्ण चाड त्योङ्गसी सिरिजङ्गा सावन तोङनाम १८औं शताब्दीका महान विद्वान त्योङ्गसी सिरिजङ्गाको जन्मको प्रतीक रहेको बताएका छन्। उनले महात्मा सिरिजङ्गाले सिक्किममा लिम्बू परम्परा, संस्कृति, शिक्षा र धर्मलाई पुनर्जीवित गर्नमा अभूतपूर्व योगदान प्रदान गरेको बताएका छन्।
यसैगरी, राज्यपालले चासोक तोङनाम लिम्बू समुदायद्वारा राम्रो फसलको निम्ति देवी देवताहरूप्रति आभार प्रकट गर्न पालन गरिने चाड रहेको बताएका छन्। उनले सबै राज्यवासीहरूलाई यी चाड पर्वहरू मिलेर मनाउन र आफ्नो राज्यलाई अझ प्रगतिको मार्गमा अगाडि बढाउन आह्वान गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement