सद्‍‍भावना सम्मेलनको निम्ति स्वयंसेवकहरूलाई ड्युटी वितरण गरियो

IMG-20241215-WA0224

सिलगढी: सद्‍‍भावना  सम्मेलन जति जति नजिक आइरहेछ उति उति यसको अन्तिम तयारी पूरा गर्नलाई जोरतोडले कार्यक्रम आयोजक कमिटिको व्यस्तता बडेको छ। आगामी ३१ दिसम्बर २०२४ र १ जनवरी २०२५ मा मानव उत्थान सेवा समिति उत्तर पूर्बाञ्चल क्षेत्रको तत्त्वावधानमा सम्पन्न हुने वार्षिक सद्‍‍भावना सम्मेलनको तयारी अब अन्तिम चरणतिर पुगेको छ। क्षेत्रका प्रभारी महात्मा दीपिका बाईको अध्यक्षतामा शनिबार १४ तारिक कार्यक्रमस्थल सालुगाडाको उत्तर पलास स्थित मानव धर्म आश्रममा सम्पन्न एक विशेष सभामा जम्मा ७० वटा विभागका विभागीय इन-चार्जहरूलाई उनीहरूको जिम्मेवारी र दायित्व निर्देशन गर्दै  ड्युटी फायलहरू वितरण गरिए।

यस्ता विभागहरूमा विशेष रुपले सत्संग पण्डाल, स्टेज, प्रेमी आवासहरू, दिव्य आवास, भण्डारा, पानी, शौचालय, विजुली जस्ता प्रमुख विभागदेखि अनान्य विभागहरू पनि रहेका छन्। मानव सेवा दलको अधिनस्थ उपरोक्त विभागीय इनचार्जहरूलाई, प्रान्तपाल, मूल सचिव, डा जयप्रकाश अग्रवाल, नेपाल मानव धर्म सेवा समितिलाई प्रतिनिधित्व गर्दै आएका उत्तम गिरी आदिले पनि सम्बोधन गरे। कार्यक्रमलाई हरतरहले सफलता प्रदान गर्न उपरोक्त विभागीय इनचार्जहरूले ठूलो दायित्व निर्वाह गर्नुपर्ने औचित्यमाथि वक्ताहरूले विचार व्यक्त गरे। सद्‍‍गुरुदेव सतपालजी महाराजको आज्ञालाई शिरोधार्य गर्दै तन मन वचन र कर्मले सेवा गर्दै भक्तको जीवन सार्थक गर्ने महात्मा दीपिका बाईजीले आग्रह गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement