खरसाङ: मार्सल आर्ट एण्ड फिटनेस एकेडेमी खरसाङले हरेक वर्ष उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई सम्मान गर्न वार्षिक अवार्ड समारोह आयोजना गर्दै आएको छ। यस प्रकारको अवार्ड समारोह विशेष गरी वर्षभरि कडा परिश्रम गर्ने विद्यार्थीहरूलाई प्रोत्साहन र प्रशंसा गर्न माफाले आयोजना गर्दै आइरहेको छ।
यस वर्ष माफाका सबै शाखाबाट ८ जना विद्यार्थीलाई “राइजिङ स्टार” अवार्ड प्रदान गरिएको छ। २७ जना विद्यार्थीले “गुड पर्फर्मर” अवार्ड र १० जना विद्यार्थीले “अचिभर्स अफ द इयर” अवार्ड पाए। वर्षको उत्कृष्ट अवार्ड “करातेका अफ द यर” केटा विधामा सिंगल शाखाका दुप्चेन तामाङ र केटी विधामा सिपाहीधुरा शाखाकी आयुष्मा राईले पाएका छन्।
“उत्कृष्ट डोजो” अवार्ड सोनादा शाखालाई प्रदान गरिएको थियो भने यस वर्ष अन्तर्राष्ट्रिय च्याम्पियनशीपमा स्वर्ण पदक जित्न सफल आफ्नी छोरी रेहाना राईलाई निरन्तर सहयोग गरेवापत सबैभन्दा “सहयोगी अभिभावक” अवार्ड सोनादाकी रेखा दिवानलाई प्रदान गरिएको थियो। यस वर्ष ३ अन्तर्राष्ट्रिय स्वर्ण पदक जिताउन सफल बनेका सिपाहीधुरा ब्राञ्चका प्रशिक्षक सेम्पाई असिम तामाङलाई ‘इन्स्ट्रक्टर अफ् दि इयर’ अवार्ड प्रदान गरिएको छ। एकेडेमीको स्थापनाकालदेखि नै निरन्तर मेहनत गरेबापत यस वर्ष नयाँ अवार्ड ‘करतेका अफ द डिकेड’ सार्वजनिक गरिएको हो र यो अवार्ड सेम्पाई कृष्ण क्षेत्रीलाई प्रदान गरिएको छ। एकाडेमीका अध्यक्ष सेन्सी सन्दीप प्रधानले आगामी वर्ष एकेडेमीले थप उपलब्धि हाँसिल गर्ने र मानक कराटेकास उत्पादन गर्ने थप मेहनत गर्ने र स्थापनाको १० वर्षको स्मरणमा वार्षिक अवार्ड समारोह पनि भव्यताका साथ मनाउने घोषणा गरे।