भुजेल समुदायको महान पर्व फुगल परिमको मुख्यमन्त्री तामाङले दिए शुभकामना

photocollage_202482323534148

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंहले भुजेल समुदायको महान पर्व फुगल परिमको अवसरमा शुभकामना दिएका छन्। फुगल परिम पर्वको अवसरमा सिक्किमका जनता, विशेष गरी भुजेल समुदायलाई उनले हार्दिक अभिवादन सहित शुभकामना दिएका छन्।
मुख्यमन्त्रीले सोशियल साइट फेसबुक पोस्टमा यो पर्व एकजुटका साथ प्रकृति देवताहरूलाई श्रद्धा अर्पण गर्ने, कल्याण, शान्ति र समृद्धिको लागि आशीर्वाद माग्ने समय रहेको बताएका छन्। यस शुभ दिनले सिक्किमका सबैका लागि आशीर्वाद, खुशी र प्रशस्तताको नयाँ अध्यायको शुरूवात लिएर आवोस् भनी मुख्यमन्त्री तामाङले कामना गरेका छन्।

About Author

Advertisement