२५ वटा भैंसी उद्धार, दुई जना पक्राउ

IMG-20241214-WA0173-1

सिलगढी: फाँसीदेवा थानाको पुलिसले फाँसीदेवा ब्लकको मोहम्मद बक्सा इलाकामा छापा मारेर २५ भैँसीसहित दुई जनालाई पक्राउ गरेको छ। गोप्य स्रोतबाट प्राप्त जानकारीका आधारमा पुलिसले एउटा कन्टेनरलाई रोकेर खोजी गरेको थियो। खोजीका क्रममा भैंसी भेटियो। पुलिसले वैध कागजात देखाउन आग्रह गरे पनि चालकले वैध कागजात देखाउन सकेनन्। त्यसपछि पुलिसले गाडीका चालकसहित दुई जनालाई नियन्त्रणमा लिएर पुलिस चौकीमा ल्याएको थियो। उद्धार गरिएका भैँसीलाई खोवार पठाइएको छ। पक्राउ पर्नेहरुको नाम हसरत (४०) र शकील (३८) रहेको छ। पक्राउ परेका दुवै जना उत्तर प्रदेशका बासिन्दा बताइएको छ। उक्त कन्टेनरबाट २५ वटा भैंसी उद्धार भएको छ। बिहारबाट भैंसी ल्याइएको बताइएको छ। पक्राउ परेकाहरूलाई आज सिलगढी महकुमा अदालतमा पेश गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement