दोस्रो टी२० म्याचको साथमा सीरीज जित्यो दक्षिण अफ्रिकाले

IMG-20241214-WA0124

सेञ्चुरियन: दक्षिण अफ्रिकाले हाई स्कोरिंग दोस्रो टी२० इण्टरनेशनल क्रिकेट म्याचमा पाकिस्तानलाई ७ विकेटले पराजित गऱ्यो। यस जीतको साथै आयोजक टीमले ३ वटा टी२०आई म्याचको सीरीजमा २-०-को अजेय बढ़त हासिल गऱ्यो। यो दक्षिण अफ्रिकाको अगस्त २०२२ पछि पहिलो द्विपक्षीय टी२०आई सीरीज जीत हो। सुपरस्पोर्ट पार्कमा टस जितेर पहिला ब्याटिंग गर्दै पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर २०६ रन बनायो। त्यसपछि दक्षिण अफ्रिकाले १९.३ ओभरमा ३ विकेटमा २१० रन बनाएर रोमाञ्चक जीत हासिल गऱ्यो। दक्षिण अफ्रिकाको यस जीतमा ओपनर रीजा हेण्ड्रिक्सले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै शतक बनाए। उनले ६३ बल खेलेर १० वटा छक्का र ७ वटा चौकाको साथ ११७ रन बनाए। दक्षिण अफ्रिकाको शुरुवात खराब रह्यो अनि २८ रनमै २ विकेटको पतन भइसकेको थियो। ऱ्यान रिकेलटन २ र म्याथ्यू ब्रिज्क १२ रन बनाएर आउट भए। त्यसपछि हेण्ड्रिक्सले अनुभवी रास्सी भान डेर डुस्सेनसँग मिलेर उत्कृष्ट ब्याटिंग गर्दै पाकिस्तानको हार सुनिश्चित गरे। यी दुईजनाले तेस्रो विकेटको निम्ति १५७ रनको पार्टनरशीप गरे। डुस्सेनले ५ वटा छक्का र ३ वटा चौकाको साथ ३८ बल खेलेर अविजित ६६ रन बनाए। शतक पूरा गरेपछि हेण्ड्रिक्स आउट भए पनि दक्षिण अफ्रिकालाई म्याच जित्न समस्या भएन। कप्तान हेनरिक क्लासेन ८ रनमा अविजित रहे। पाकिस्तानका बलरहरूमा जाहाँदाद खानले सर्वाधिक २ विकेट लिए। यसअघि पाकिस्तानको तर्फबाट ओपनर सईम अयूबले सर्वाधिक अविजित ९८ रन बनाएर टीमलाई असल स्कोरसम्म पुऱ्याए। कप्तान मोहम्मद रिजवान केवल ११ रन बनाएर आउट हुँदा स्कोर १६ रन रहेको थियो। त्यहाँबाट अयूबले बाबर आजम (३१ रन)-सँग मिलेर दोस्रो विकेटको निम्ति ८७ रनको पार्टनरशीप गरे। पाकिस्तानले पछिबाट बाबर, उस्मान खान र तैयब ताहिरलाई लगातार अन्तरालमा गुमायो। यसरी एक समय स्कोर ४ विकेटमा १२२ रन रहेको थियो। त्यहाँबाट अयूबले इरफान खानसँग मिलेर स्कोर १९५ रनसम्म पुऱ्याए। इरफानले १६ बल खेलेर ३ वटा चौका र २ वटा छक्काको साथ ३० रन बनाए। अन्तसम्म क्रीजमा कायम रहने अयूबले ५७ बल खेलेर ११ वटा चौका र ५ वटा छक्का लगाए। अब्बास अफरीदी ११ रनमा अविजित रहे। दक्षिण अफ्रिकी बलरहरूमा दयान गालिएम र ओटनील बार्टम्यानले २-२ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement