वेष्ट इण्डिजविरुद्ध टी२०आई र वनडे सीरीजको निम्ति भारतीय महिला टीमको घोषणा

IMG-20241214-WA0128

मुम्बई: वेष्ट इण्डिजविरुद्ध सीमित ओभरहरूका सीरीजको निम्ति भारतीय महिला क्रिकेट टीमको घोषणा गरियो। यसमा युवा क्रिकेटर प्रतिका रावल र तनुजा कंवरलाई पहिलोपल्ट वनडे टीममा सामेल गरियो जबकि अलराउण्डर राघवी बिष्टलाई पनि १५ दिसम्बरदेखि वेष्ट इण्डिजविरुद्ध शुरु भइरहेको टी२० सीरीजको टीममा स्थान दिइयो। आयोजक भारतले वेष्ट इण्डिज महिला टीमविरुद्ध पहिलो ३ वटा म्याचको टी२० सीरीज खेल्नेछ। यी ३ वटा म्याच १४, १७ र १९ दिसम्बरमा नवी मुम्बईको डीवाई पाटिल स्टेडियममा खेलिनेछ। त्यसपछि दुई देशबीच वनडे सीरीज खेलिनेछ। वनडे म्याचहरू २२, २४ र २७ दिसम्बरमा बडोदरामा खेलिनेछ। प्रतिका अफ् स्पिनर अनि दाहिने हातकी ब्याटर हुन् जबकि तनुजा देब्रे हातकी स्पिनर हुन्, जसले ४ वटा महिला टी२० म्याच खेलेकी छन्। हरमनप्रीत कौरकी कप्तानी रहने भारतीय टीम खराब फर्ममा रहने शेफाली वर्मा बिना मैदानमा ओर्लिनेछ, जसले हालै अष्ट्रेलियाविरुद्ध वनडे सीरीजमा पनि टीममा स्थान पाएकी थिइनन्। त्यस सीरीजमा भारत ०-३-ले पराजित भएको थियो। बीसीसीआई-द्वारा जारी बयानमा बताइएअनुसार, चोटसँग जुझिरहेकी यास्तिका भाटिया, श्रेयंका पाटिल र प्रिया पूनियाको नाममा विचार गरिएन। उत्तराखण्डकी अलराउण्डर राघवीले हालै अष्ट्रेलिया ए विरुद्ध भारत ए-को निम्ति असाधारण प्रदर्शनपछि टी२० टीममा स्थान बनाएकी छन्।
वेष्ट इण्डिजविरुद्ध टी२० सीरीजको निम्ति भारतीय महिला टीमः
हरमनप्रीत कौर (कप्तान), स्मृति मन्धना (उपकप्तान), नन्दिनी कश्यप, जेमिमा रोड्रिग्स, रिचा घोष (विकेटकीपर), उमा छेत्री (विकेटकीपर), दीप्ति शर्मा, सजना सजीवन, राघवी बिष्ट, रेणुका सिंह ठाकुर, प्रिया मिश्रा, टिटास साधु, साइमा ठाकोर, मीनू मणि, राधा यादव
भारतीय महिला वनडे टीमः
हरमनप्रीत कौर (कप्तान), स्मृति मन्धना (उपकप्तान), प्रतिका रावल, जेमिमा रोड्रिग्स, हरलीन देओल, रिचा घोष (विकेटकीपर), उमा छेत्री (विकेटकीपर), तेजल हसाबनिस, दीप्ति शर्मा, मीनू मणि, प्रिया मिश्रा, तनुजा कंवर, टिटास साधु, साइमा ठाकोर, रेणुका सिंह ठाकुर

About Author

Advertisement