गाडी र बाइक ठोक्किँदा बाइकमा सवार एकजना घाइते, चालक कुलेलम ठोके

IMG-20241101-WA0164

राजगञ्ज: राजगञ्जको बेलाकोवा-गेटबजारको प्रधानपाडा क्षेत्रमा गाडी र बाइक आपस्तमा ठोक्किँदा एकजना व्यक्ति घाइते भएका छन्। स्थानीय स्रोतका अनुसार बिहीबार राति प्रधानपाडा क्षेत्रमा बेलाकोवा जान लागेको एउटा चार पाङग्रे सवारी गाडी बाइकसँग ठोक्किदा गाडीले बाइकलाई धेरै परसम्म घिसारेर लगेको बताइएको छ। त्यसपछि स्थानीय नागरिकहरूले गाडीलाई रोकेको अबस्थामा आक्रोशित भीडले गाडी तोडफोड गरेका छन्। तर ,यन मौका हेरेर चालक घटनास्थलबाट कुले लम ठोके। उक्त घटनामा बाइक चालक गम्भीर रूपले घाइते भएका छन्। स्थानीय मानिसहरूले उद्धार गरी घाइतेलाई स्थानीय ग्रामीण अस्पताल लगेका छन्। सो घटनाको सूचना पाए लगतै बेलाकोवा आउटपोस्ट पुलिस तुरुन्तै घटनास्थलमा पुगेर गाडीलाई नियन्त्रणमा लिएर घटनाको विस्तृत जाँच शुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement