लागु औषध सहित दम्पत्ति पुलिस हिरासतमा

IMG-20241104-WA0112

गुवाहाटी(असम): गुवाहाटीको गरचूक पुलिसले महानगरको स्पेशल अपरेशन टीमको सहयोगमा अभियान चलाएर लागु औषध करोवारमा संलग्न दम्पत्तिलाई पक्राउ गरेको छ।
पुलिसले गुप्त सूचनाको आधारमा सो थाना क्षेत्रमा चलाएको अभियानका क्रममा लागु औषध सहित ४१ बर्षका मोहम्मद शाहिद अली र उसको पत्नी ४२ बर्षक़ी जमिला बेगमलाई पक्राउ गरेकाे छ।
दुवै आरोपी हाजोका बासिन्दा हुन्। यिनीहरूका साथबाट १०.९३ ग्राम हेरोइन बरामद गरेको जानकारी दिए। पुलिसले आरोपीका साथबाट हेरोइ सहित करोवारमा प्रयोग गरिएको एउटा स्कुटी (एए-०१डीएफ-७७४२)- लाई पनि पुलिसले नियन्त्रणमा लिएको छ। पुलिसले सो घटनालाई एनडीपीएस एक्ट अन्तर्गत प्राथमिकी दर्ता गरी आरोपी दम्पतिसंग जाँचबुझ गरिरहेको छ।

About Author

Advertisement